काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका पाइलट प्रकाश सेढाईंको उपचार भारतको मुम्वार्ए स्थीत नेशनल वर्न सेन्टरमा हुदै छ ।

दुर्घटनास्थलबाट उद्धार गरी काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएका उनलाई परिवार र एयरलाइन्सको सल्लाहमा ह्याम्सकै विशेषज्ञ टोलीले शनिबार राती मेडिकल स्कर्टिङ गरेर मुम्बईस्थित नेसनल बर्न सेन्टर लगेको हो । पाइलट सेढाईंको मुखको भाग, हातखुट्टालगायत झण्डै ५० प्रतिशत शरीर जलेको छ ।

सेढाईको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको चिकित्सकले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय