काठमाडौं । फागुन २१ गते हुने निर्वाचनको लागि निर्वाचन आयोगले देशैभर आफ्नो कार्यालय स्थापना गरेको छ । काठमाडौं जिल्ला क्षेत्र नम्बर ९ बलम्बुस्थित चन्द्रागिरि नगरपालिकामा पनि आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

क्षेत्र नम्बर ९ का निर्वाचन अधिकृत मनुका घिमिरेले निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र धादलीरहित बनाउन सबै राजनीतिक दल र सरोकारवालाई आग्रह गर्नुभयो । उहाँले निर्वाचनमा शान्तिसुरक्षा र सु–व्यवस्था कायम गर्नको लागि सबै राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, संचारकर्मीसँग सम्पर्कमा रहि काम गर्ने पनि बताउनु भयो ।

निर्वाचन अधिकृत घिमिरेले निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन माघ ६ गतेबाट हुने भएकोले कार्यालय संचालन गरेर कर्मचारी खटाउने आयोगको तयारी भएकोले कार्यालय स्थापना गरिएको बताउनु भयो । उहाँले आजदेखि १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको र प्रत्येक जिल्लामा खटिने ७७ जना मुख्य निर्वाचन अधिकृत तथा ८८ जना निर्वाचन अधिकृतहरू तोकिसकेको भन्दै आफ्नो जिम्मामा काठमाडौं क्षेत्र नम्बर ९ परेको जानकारी दिनुभयो ।

चन्द्रागिरि नगरपालिकाको १५ वडा मध्ये १, १२, १३, १४ र १५ वडा क्षेत्र नम्बर ९ अन्तरगत पर्दछ ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, प्रवक्त कृष्णप्रसाद खड्गी, कांग्रेस, एमाले, नेपाल कम्युनिष्ट पार्टी, राप्रपालगायतका पार्टी प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय