काठमाडौं । चन्द्रागिरि नगरपालिकाले मेशिन तथा औजारहरु अनुदान दिने भएको छ ।

नगरपालिकाले आर्थीक वर्ष २०८०–८१ को लागि स्वीकृत वार्षिक कार्यक्रमबाट विपन्न, दलित, एकल महिला तथा एकल महिला समुहले संचालन गरेको उद्योगलाइ प्रवद्धन गर्न प्रविधि हस्तान्तरण अन्तर्रगत अनुदान दिन लागेको हो ।अनुदान प्राप्त गर्न उद्यमी व्यवसाहीहरु चन्द्रागिरि नगरपालिकाको स्थायी बासिन्दा हुनु पर्ने र यस अघि अनुदान प्राप्त नगरेको हुनु पर्ने नगरपालिकाले उल्लेख गरेको छ ।

 

नगरपालिकाले अनुदान लिन चाहने विपन्न, दलित, एकल महिलाले आफ्नो व्यवसायको विवरण सहित नगरपालिकामा सम्पर्क गर्न भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय