काठमाडौं – चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित सिन्हः स्वाँ दाफा खलःले आयोजना गर्न लागेको ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम–२०८३’ का विषयमा सभामुख डि।पी। अर्यालसँग छलफल गरेको छ। कार्यक्रमको तयारी, उद्देश्य तथा व्यवस्थापनका विषयमा आयोजक र सभामुख अर्यालबीच छलफल भएको हो। आयोजकका अनुसार नेवारी मौलिक संस्कृति, परम्परागत बाजागाजा तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगितामार्फत बाँसुरी वादनको मौलिक परम्परालाई निरन्तरता दिनुका साथै स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। साथै नयाँ पुस्तालाई मौलिक कला तथा संस्कृतिसँग जोड्ने उद्देश्य पनि कार्यक्रमको रहेको बताइएको छ।

छलफलका क्रममा आयोजकले सभामुख अर्याललाई प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन औपचारिक निमन्त्रणासमेत दिएको जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिता चन्द्रागिरि क्षेत्रको सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै स्थानीयस्तरमा परम्परागत संगीत र बाजागाजाको अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यमा केन्द्रित हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय