काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोटका राहुल गोपाली थानकोट जेसिजको अध्यक्षमा निर्वाचित भएका छन् । गत शनिबार भएको जेसिजको २६ औं शाखा अधिवेशनबाट गोपाली अध्यक्षमा चुनिएका हुन् ।
गोपालीले थानकोट जेसिजको उन्नती, सदस्यहरुको नेतृत्व विकास तथा समाजमा सकारात्मक परिवर्तन ल्याई अझ सशक्त, व्यवस्थित र ऊर्जाशील बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

जेसिजका गतिविधिहरूलाई अनुशासित, पारदर्शी र परिणाममुखी बनाउने योगदानको कदर स्वरूप सन् २०२३ मा गोपालीले बेस्ट बोर्ड मेम्बर अवार्डसमेत प्राप्त गरेका छन् । स्नातक तहसम्मको अध्ययन पूरा गरेका गोपाली हाल नेपाल लाइफ इन्स्योरेन्समा एजेन्सी म्यानेजरको रुपमा कार्यरत छन् । साथै पेशागत बीमा अभिकर्ता संघ, गुर्जुधारा शाखाको अध्यक्षको भूमिका निर्वाह गरिरहेका छन् ।

थानकोट जेसिजमा सन् २०१९ मा साधारण सदस्यको रूपमा प्रवेश गरेका गोपाली अनुशासन, इमान्दारिता, समर्पण र नेतृत्व क्षमताको उत्कृष्ट संयोजन भएका व्यक्तित्व मानिन्छन् ।

गोपाली चन्द्रागिरिको चर्चित हाइकर्स टीम (सीएचसी) को साधारण सदस्य समेत हुन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय