काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ स्थित त्रिवेणी घाटमा विशेष मेला लाग्ने भएको छ ।
‘त्रिवेणी स्थान गरौं पुण्य कमाऔं’ भन्ने नाराका साथ यही कात्तिक शुल्क पूर्णिमाको दिन विशेष मेला लाग्न लागेको हो ।



त्रिवेणी धर्म संघको आयोजनामा हुन लागेको विशेष स्नान मेलामा सहभागी भई पुण्य कमाउन हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा अनुरोध गरिएको छ ।



