काठमाडौं । चन्द्रागिरिका युवा अविरल घिमिरेले नेपाललाई  पुनः विश्वमा चिनाउन सफल भएका छन् । नेपाली युवा किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका हुन् ।

इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएशनले जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा घिमिरे फ्रान्सका बक्सर एन्टोनिन मार्कोनीलाई हराउँदै वर्ल्ड च्याम्पियन बन्न सफल भएका हुन् ।
घिमिरेको यो सफलतासँगै इस्का र हिट किक बक्सिङ दुबै प्रतियोगिताको विश्व विजेता खेलाडी बन्न सफल भएका छन् ।

‘हिमालय चितुवा’ का रूपमा विश्व प्रसिद्ध घिमिरे प्रतियोगितामा सहभागी हुने एकमात्र नेपाली बक्सर हुन् । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच) मा घिमिरेले पहिलो राउण्डमै प्रतिद्वन्द्वी मार्कोनीलाई रिङमा ढालेर ‘इन्टरनेशनल किक बक्सिङ’को उपाधि चुमेका हुन् ।

प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जीत हासिल गर्दै हिमचितुवाले चार पटक हिट प्रतियोगिताको टाइटल म्याचको उपाधि (बेल्ट) समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल भएका छन् ।

हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसकेका युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका छन् ।

जापानको नागोया सहरमा अविरलका पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराँते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय