काठमाडौं । चन्द्रागिरि नगरपालिकाका गणेश बखती अभिनय रियालिटी शो एक्टिङ स्टार टप ८ मा पुग्न सफल भएका छन् । नेपाली कला क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले नेपालमै पहिलो पटक सुरु गरिएको अभिनय रियालिटी शो एक्टिङ स्टारमा चन्द्रागिरि नगरपालिका वडा नम्बर १ दहचोकका बखती टप ८ मा पुग्न सफल भएका हुन् । शो को जर्जमा नेपाली रंगमञ्चका वरिष्ठ व्यक्तिहरु निर शाह, रिचा घिमिरे र अनुप बराल रहेका छन् ।
५ सय भन्दा बढी प्रतिस्पर्धीहरूले डिजिटल अडिसनबाट आफ्नो कला प्रस्तुत गरेको यो शोमा फिजिकल अडिसन, जजहरूको सूक्ष्म मूल्यांकनलगायत विभिन्न चरण पार गर्दै टप २०, वाइल्डकार्ड इन्ट्री हुँदै टप १० सम्म आइपुग्दा चन्द्रागिरिका बखती टप ८ मा पुग्न सफल भएका हुन् । गाउँको साधारण परिवेशबाट अभिनयको संसारतर्फ अघि बढेका बखतीको निरन्तरता, लगन र मेहनतले आज नेपालकै पहिलो अभिनय रियालिटी शो एक्टिङ स्टारको टप ८ पुग्न सफल भएका छन् । सुरुदेखि नै आफ्नो भिन्न प्रस्तुति, भावनात्मक अभिनय र गहिरो आत्मविश्वासका कारण निर्णायक तथा दर्शकको मन जित्दै बखती आज यहाँसम्म आइपुग्नुभएको छ ।



अभिनय रियालिटी शो एक्टिङ स्टार केवल प्रतिस्पर्धा मात्र नभई अभिनय कलामा जीवन समर्पण गर्ने युवाका लागि यो शो सुनौलो अवसर बन्ने देखिएको छ ।



