काठमाडौं । चन्द्रागिरि नगरपालिकाले उज्यालो चन्द्रागिरि अभियान अन्तरगत अहिलेसम्म करिव ५ हजार सडक बत्ति जडान गरिसकेको छ । नगरले १५ वटै वडामा प्राथमिकताको आधारमा सडक बत्ति जडान गरेको हो । जडित सडक बत्तिमा समस्या आए पनि गुनासो गर्ने निकाय नहुदाँ बत्ति जडान भए पनि नबल्ने समस्या बढ्दै गएपछि नगरपालिका गम्भीर भएको हो ।
नगरपालिकाले जडान गरेको सडक बत्ति मर्मत गर्नुपर्ने भएमा नगर प्रहरीको टोल फ्री नम्बर १८१०५०००४९९ मा सम्पर्क गरि विवरण टिपाउन नगरवासीलाई अनुरोध गरेको छ । नगर प्रहरीले बत्ति नबलेको गुनासो टिपोट गरी नगरप्रमुखको सचिवालयमा जानकारी दिनेछन । यद्यपी गुनासो गरेको कति समयमा बिग्रिएका सडक बत्ति बल्छन् भन्ने जानकारी नभएको र नगर प्रहरीले बत्ति नबलेको गुनासो टिपोट गरि नगरप्रमुखको सचिवालयमा जानकारी दिनु पर्ने नगर प्रहरीले जनाएको छ ।



नगरपालिकाले त्रिभुवन राजपथको दायाँबायाँ, भित्रिबाटो र १५ वटै वडाका सहायक बाटोमा करिव ५ हजार सडक बत्ति जडान गरेको छ । सडक बत्ति जडान गर्दा प्राथमिकता र आवश्यकतालाई भन्दा पनि पहुँचको आधारमा जडान गरिएको भन्ने जनगुनासो पनि बढ्दो छ । यद्यपी चालु आर्थिक वर्षमा ३ हजार ५ सय वटा सडक बत्ति जडान गर्ने प्रक्रिया अगाडि बढाइएसकिएको नगरपालिकाले जनाएको छ ।



