काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित चन्दनभर्राटेश्वर महादेव मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

चन्दनभर्राटेश्वर महादेव मन्दिर परिसरमा यही भाद्र २० गतेदेखि २८ गतेसम्म हुने महायज्ञमा आचार्य पण्डित गोविन्द दाहाल कथा वाचक रहेका छन् । मुल समारोह समितिका अध्यक्ष विवेक ढकालले महायज्ञबाट उठेको पैसाले वडाका ज्येष्ठ नागरिकको भवन बनाउनको लागि जग्गा खरिद गर्ने जानकारी दिनुभयो । उहाँले प्रत्येक दिन विहान ७ बजेदेखि ११ बजेसम्म पूजा पाठ पारायण र ११ बजदेखि ४ बजेसम्म कथा वाचन हुने बताउनु भयो । ढकालले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिन विहान ९ बजे कलश यात्रबाट शुभारम्भ गरी दिउँसो १ बजे समुद्घाटनको कार्यक्रम रहेको जानकारी दिनुभयो ।

त्यस्तै मुल समारोह समितिका संरक्षक लोकराज पन्तले महायज्ञको सातै दिन रुद्राभिषेक, ग्रहशान्ति, तुलादान, चौरासी पूजा, पितृमोक्ष हेतु कार्य, प्रसाद वितरण र संगीतमय भजन कीर्तन तथा विविध कार्यक्रम हुने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय