काठमाडौं । चन्द्रागिरि नगरपालीकाको फुटबल टिम प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ । गोदावरी नगरपालिकाको आयोजनामा संचालन भइरहेको प्रथम उपत्यका व्यापी अन्तर पालिका खुल्ला मेयर कप फूटबल प्रतियोगिता २०८१ को विहिबार सम्पन्न सेमिफाइनल खेलमा चन्द्रागिरि नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई १-० को अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। विहिबारको दुबै सेमिफाइनल खेल च्यासल खेल मैदानमा सम्पन्न भएको छ।

उक्त प्रतियोगितामा काठमाडौं जिल्लाका ९ स्थानीय तहका ९ टिम, ललितपुर जिल्लाका ४ स्थानीय तहका ५ टिम र भक्तपुरको १ स्थानीय तहबाट १ टिम गरि १५ टिमको सहभागिता रहेको छ। फाइनल खेलमा चन्द्रागिरि नगरपालिकाले यहि शनिबार २०८१/२/५ गते दिनको ४ बजे काठमाडौं महानगरपालिकाको सामना गर्दैछ। फाइनलको समापन समारोह दिनको २ बजे र खेल ४ बजे गोदावरी-१० टाहाखेल, झ्यालुन्टारको खेल मैदानमा संचालन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय