काठमाडौं । लघुवित्त वित्तय संस्था खारेजीको माग गर्दै मिटर व्याजी पीडित काठमाडौं आइपुगेका छन् । सर्लाही, सिरहाबाट हिडेको पाँचौ दिनमा उनीहरु शुक्रबार बेलुका काठमाडौंको चन्द्रागिरि आइपुगेका हुन् ।

उनीहरु चन्द्रागिरि नगरपालिकाको शहिद स्मारक प्रकृति प्रतिष्ठान (त्रिभुवन पार्क) मा रात विताएका थिए । पीडितहरुले आफुहरुले लिएको ऋण मिनाहाको माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दैआएको र सम्झौताअनुरुप कार्यान्वयन नभएपछि पुनः सरकारलाई दबाब दिन काठमाडौं आउनु परेको बताएका छन् । आफुहरुलाई लेख पढ गर्न नआउने र पैसा लिंदा लघुवित्तले जहाँ भन्यो त्यही सहीछाप गरिदिंदा अहिले आफुहरु घरबारविहीन हुने अवस्थामा पुगेको भन्दै आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । उनीहरु भन्छन्, ‘आफुहरुले १ लाख रुपैयाँ ऋणलिएको तर महिनै पिच्छे पैसा तिर्दैआएपनि वर्षौ वितिसक्दा पनि ऋण चुक्ता नहुँदा लघुवित्तले झुक्याएर सहिछाप गरेको भन्दै कारवाहीको माग गर्दै आफुहरुले लिएको ऋण मिनाह हुनुपर्ने बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय