काठमाडौं । चन्द्रागिरि नगरपालिकाको सीमाना धादिङको धुनिबेसी नगरपालिकास्थित त्रिभुवन राजपथको झ्याप्ले खोलामा शनिबार बिहान पहिरोमा पुरिएका बसबाट १४ जनाको शव निकालिएको छ । लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको र अर्को नम्बर नखुलेको बसबाट ९ जनाको शव निकालिएको हो ।

पहिरो पन्छाउने क्रममा बससहित १४ जनाको शव निकालिएको नागढुंगा प्रमुख प्रहरी निरिक्षक हेमकुमार थपलियाले जानकारी दिनुभयो । उहाँले पहिरोमा अन्य व्यक्ति पनि पुरिएको हुन सक्ने आशंकामा खोजी जारी रहेको बताउनु भयो ।

शनिबार विहानको घटना भएपनि दिनभर वर्षासहित पहिरोको लेदो बगेपछि पहिरो पन्छाएर उद्दार गर्न समस्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय