राजधानीमा आधुनिक घर निर्माण गरेर बस्ने मात्र हैन घर राम्रो र सुन्दर बनाउन घर वरिपरि राम्रो फूलहरू रोप्ने क्रम बढेर गएपछि फूलका बिरुवा गमलामा फूल हुर्काएर बिक्रीवितरण गर्ने नर्सरी ब्यवसाय फस्टाएर गएको छ ।स्वदेशमा रोजगारी नभएको भनी सयौं युवाहरू विदेशी रहेको बेला केही युवाले यहीँको माटोमा पैसा फलाउन थालेका छन् ।
युवाहरू देशमा रोजगारी नभएको भन्दै सयौं युवाहरू विदेश गइरहेको समयमा सोलुखुम्बु सडाडाका एक युवा चन्द्रागिरि नगरपालिका ६ थानकोटमा नर्सरी व्यवसायबाट आम्दानी गरेर जीवनस्तर माथि उठाउन सफल भएका छन्। नर्सरी संचालन गर्दै आएका गणेश बहादुर बस्नेत परिवारको गुजारा विगत लामो समयदेखि नर्सरीकै आम्दानीबाट माथि उठेको छ ।



लामो समयसम्म फूल तथा गार्डेन को काम गर्दै आएका बस्नेतले अरू काम पेशा भन्दा नर्सरी लाई ब्यवसाय बनाउने अठोटका साथ अघि बढेर ब्यबसाय शुरू गरेको ब्यवसायी गणेश बहादुर बस्नेतले बताए ।
नर्सरीमा हुर्किएका फूल तथा फलफूलका बिरुवाहरु उपत्यका भित्रै जाने गरेको कसैले फोन बाट अडर गरेको खण्डमा घर घरमा पुर्याइदिने गार्डन् बनाउने काम समेत गरिदिने बस्नेतले बताए ।श्रीमानले शुरूवात गरेको नर्सरी ब्यवसायमा आफुले पनि साथ दिएर काम गरिरहेको यो पेशाबाट आफुहरू सन्तुष्ट भएको शर्मिला बस्नेतले बताए ।
नर्सरी व्यवसाय नमुनाकै रूपमा विकसित भएको बस्नेत नर्सरीमा अहिले विभिन्न प्रकारका फूलका विरुवाहरु देख्न सकिन्छ । ६ रोपनी जग्गा चन्द्रागिरिमा नगर भित्र भाडामा लिएर नर्सरी व्यवसाय गरीरहेका छन् । वर्षिक रुपमा राम्रो आम्दानी गरेको यो नर्सरीले जग्गाको बार्षिक १ लाख ५० हजार भाडा तिर्दै आएका छन् । नर्सरीको लागि आर्गेनिक मल गहुत प्रयोग गर्न दुईवटा गाई समेत पालेका छन् ।
विभिन्न सजावटी फूलका उत्पादन नर्सरी फूलको विरुवाहरुको २०रूपैयाँ देखी ७ हजारसम्म मुल्य रहेको छ । अहिले विषेश गरी फलफुलका विरुवा भन्दा पनि सजावटी विरुवाहरुको माग अत्यधिक आउने गरेको छ ।बाहिरी जिल्लाबाट राजधानीमा आएर भाडा जग्गा लिएर कृषि कर्म गर्न युवाहरू लाई स्थानीय सरकारले मल बीउ लगायतका सामग्री सहजरूपमा उपलब्ध गराउने देखि अनुदान लगायतका सहयोग गरेको खण्डमा यसले थप टेवा पुग्ने देखिन्छ ।



