काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगर प्रहरी करारमा लिने भएको छ ।
नगरपालिकाले सूचना प्रकाशित गरी नगर प्रहरी करारमा लिने जनाएको हो । नगरपालिकाले छैटौं अधिकृत स्तरको एक नगर प्रहरी निरीक्षक, सहायक चौंथो तहको नगर प्रहरी सहायक निरीक्षक एक, नगर प्रहरी जवान १५ खुला र महिलातर्फ ८ जना नगर प्रहरी जवानको लागि दरखास्त आह्वान गरेको हो । नगरपालिकाले इच्छुक र योग्य व्यक्तिलाई कार्यालय समयमा उपस्थित भइ साउन ८ गतेभित्र दरखास्त दिन पनि आह्वान गरेको छ । नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ अन्तर्गत करारमा नगर प्रहरी नियुक्ति प्रक्रिया अघि बढाइएको नगरपालिकाका वरिष्ठ शाखा अधिकृत नवीन खालिङले जानकारी दिनुभयो ।
परीक्षा सम्बन्धी कार्यतालिका भने पछि प्रकाशन गरिने खालिङले बताउनु भयो ।



