काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमण जाँदै हुनुहुन्छ । प्रधानमन्त्री भएपछि दाहालको यो पहिलो विदेश भ्रमण हो ।
चार दिने भ्रमणको क्रममा विद्युत्, व्यापार, भौतिक पूर्वाधार तथा पारवाहनलगायत विषयमा सम्झौता हुनेछ । विद्युत् आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्ने र नेपालमा उत्पादित विद्युत्को बिक्रीको सुनिश्चितता गर्न नेपाल सरकारले भारत भ्रमणलाई महत्वका साथ लिएको परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले बताउनु भएको छ ।



प्रसारणलाइन विस्तार र भारत हुँदै बंगलादेशसँग विद्युत् व्यापार गर्ने आधार बनाउने विषयमा पनि छलफल हुनेछ । प्रधानमन्त्री दाहाल दिउँसो १ बजे नेपाल वायुसेवा निगमको नियमित जहाजबाट नयाँदिल्ली जानु हुनेछ ।



