एशियाली खेलकुद एशियाड ह्याण्डबलमा नेपाली महिला टोलीले ‘डेब्यू’ गर्दैछ ।

१९औँ संस्करणको एशियाड आगामी असोज ६ गतेदेखि २३ गतेसम्म चीनको हाङचाउमा हुँदैछ । हरेक ४ वर्षमा हुने एशियाड प्रतियोगितामा एशिया महादेशका राष्ट्रहरुले प्रतिस्पर्धा गर्ने छन् । नेपालले पनि २९ खेलमा सहभागिता जनाउँदै छ । प्रतियोगितामा सहभागिता जनाउनका लागि टोली पोखरामा बन्द प्रशिक्षणमा छ ।

आयोजक राष्ट्र चीन, जापान, हङकङ, भारतलगायतका देशसँग नेपाली टोलीले भिड्ने छ ।
टोलीमा अधिकांश नयाँ खेलाडी छन् । नेपालले आफ्नो पहिलो खेल आयोजक चीनसँग खेल्नेछ । महिला ह्याण्डबल टोलीमा १६ खेलाडी र दुई प्रशिक्षक रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय