चुम्बन विवादमा स्पेनिस फुटबल महासंघका अध्यक्ष लुई रुबियालेजलाई फिफाले निलम्बन गरेको छ । फिफाको अनुशासन समितिले रुबियालेजलाई निलम्बन गरिएको जानकारी दिएको हो । स्पेनिस महिला फुटबल खेलाडी जेनी हर्मोसोले आफ्नो सहमतिबिना नै रुबियालेसले चुम्बन गरेको बताएपछि उनलाई कारबाही भएको हो ।
स्पेनका ८० भन्दा बढी महिला खेलाडीले रुबियालेजलाई पदबाट नहटाएसम्म मैदानमा नआउने बताएका थिए । फिफा महिला विश्वकपको फाइनलमा स्पेनको टिमले इंग्ल्याण्डलाई पराजित गरेपछि खुसी मनाउने क्रममा रुबियालेजले स्पेनिस खेलाडी जेनीलाई चुम्बन गरेका थिए ।



यसपछि उनलाई अनैतिक भन्दै राजीनामाको माग उठिरहेको छ । यद्यपि, उनले यस्तो मागलाई बेवास्ता गर्दै आएका छन् । शुक्रबार उनले राजीनामाको मागलाई इन्कार गर्दै उत्तेजक भाषणसमेत गरेका थिए । स्पेन सरकारले रुबियारेजलाई पदबाट हटाउन कानुनी प्रक्रिया सुरु गरिसकेको छ । स्पेन सरकारका विभिन्न मन्त्रीले पनि उनको व्यवहारको आलोचना गरेका छन् । स्पेनमा फुटबलका विभिन्न प्रमुख प्रायोजकहरूले पनि कारबाहीको माग गरेका छन् ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



