काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफुले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताउनु भएको छ । नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा दाहालले जेठ ७ गते आफूले चौथोपटक विश्वासको मत लिन लागेको बताउनु भएको हो ।

प्रधानमन्त्री दाहालले जति पटक लिनु परे पनि विश्वासको मत आफुले पाउने बताउँदै विश्विश्वासको मत आउँदैन कि भन्ने चिन्ता नगर्न आग्रह सबैलाई आग्रह गर्नुभयो । उहाँले सहकारीसँगको विषयलाई लिएर संसद् अवरुद्ध भइरहेको बताउँदै भोलि बिहानसम्म संसद् सहज रूपमा सञ्चालन हुने वातावरण तयार हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममा आएका सुझाव समेटर बजेट र नीति तथा कार्यक्रमको तादात्म्य मिलाई ल्याउने गरी तयारी भइरहेको पनि बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय