काठमाडौं । टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरीको सजाय मिनाहा दिने सरकारको निर्णयप्रति सर्वोच्च अदालतले गम्भीर आपत्ति जनाएको छ ।
चौधरीलाई जिल्ला अदालत र उच्च अदालतले गरेको जन्मकैदको फैसला जेठ २ गते सर्वोच्च अदालतले सदर गरेको थियो । उक्त फैसला सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले गरेको थियो । सर्वोच्चले मुद्दाको पूर्णपाठमा रेशमलाई माफी मिनाहा दिने कार्य संविधान र न्यायको मान्य सिद्धान्तको उल्लंघन भएको ठहर गरेको छ ।



कैलालीको टीकापुरमा २०७२ भदौ ७ मा नेपाल प्रहरीका प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक बालकको हत्या भएको थियो । उक्त घटनाको मुख्य योजनाकार रशेम चौधरी रहेको तीनै तहका अदालतको निष्कर्ष थियो । जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा चौधरीलाई सरकारले कैदमुक्त गरेको थियो ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



