काठमाडौं । झापाको दमकमा जग्गा विवादको क्रममा भएको झडपमा एक युवकले ज्यान गुमाएका छन् । दमक नगरपालिका–३ मा साँझ जग्गाको निहुँमा दुई पक्षबीच झडप हुँदा दमक–९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको हो ।
झडपका क्रममा ढुङ्गा लागेर गम्भीर घाइते भएका निरौलालाई उपचारका लागि आम्दा अस्पताल दमकमा लगिएको थियो । उपचारकै क्रममा निरौलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।



