सोमबार साँझ कालीगण्डकी नदीमा हाम फालेका युवा वेपत्ता भएका छन् । मालढुङ्गामा प्रहरीको चेकजाँचको क्रममा नदीमा हाम फालेका पर्वतको जलजला गाउँपालिका–८ का २५ वर्षीय विशाल विक वेपत्ता भएका छन् । सोमबार साँझ सवा ७ बजे पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाको अस्थायी प्रहरी पोष्टको नियमित चेकजाँच चलेको थियो । सोही क्रममा विक भागेर कालीगण्डकीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन कुमार पटेले बताए ।

बालुवा बोकेर पर्वततर्फ जाँदै गरेको ग १ क ५२४४ नम्बरको ट्रकमा आएका विक प्रहरीले जाँच गर्न थालेपछि भागेर कालीगण्डीमा हाम फालेको प्रहरीको भनाइ छ । ट्रकका चालक पनि फरार रहेको प्रहरी निरीक्षक पटेलले जानकारी दिए ।प्रहरीले विकलाई लखेटेर कालीगण्डकीमा हाम फाल्न बाध्य बनाएको भन्दै उनका आफन्तले साँझदेखिनै सडक अवरुद्ध बनाएका थिए । अहिले भने खुलाइएको छ । प्रहरीले नागरिकको सुरक्षा गर्नुको ज्यानै लिन खोजेको आफन्तको आरोप छ ।रातको समयमा खोजीकार्यमा समस्या भएको भन्दै मंगलबार विहानदेखिनै नेपाल प्रहरी टिमसँगै सशस्त्र प्रहरीको तालिम प्राप्त टोलिले कालीगण्डकीमा विकको खोजीमा जुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय