प्रधानमन्त्री पुष्पकमल दाहालले जलविद्युत क्षेत्रको बिकास गरी मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य सरकारले राखेको बताएका छन् । आज चितवनको भरतपुरमा निर्माण सम्पन्न भएको मस्याङ्दी कोरिडोर २२० प्रशारण लाइन, २२०-१३२ केभि भरतपुर सवस्टेशन तथा हेटांैडा भरतपुर बर्दघाट प्रशारण लाईन आयोजनाको संयुक्त रुपमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सरकार विद्युत उत्पादन गरी निर्यात गरेर मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यमा रहेको बताएका हुन् ।

उनले विद्युत उत्पादन, प्रशारण र बितरणलाई प्रभावकारी बनाउन सरकार लागिपरेको पनि उल्लेख गरे । प्रधानमन्त्री दाहालले विद्युत विक्रीका लागि भारतसँग सम्झौता भइसकेको र बंगलादेश र चीनसँग सम्झौता हुने पनि बताए ।

कार्यक्रममा ऊर्जामन्त्री शक्ति बहादुर बस्नेतले पनि बिद्धुत निर्यात नै सरकारको लक्ष्य भएको बताउँदै हाल भएको ट्रिपिङको समस्या केही समयमै समाधान हुने दावी गरे । प्राधिकरणका निर्देशक कुलमान घिसिङले सरकारले उर्जाको क्षेत्रमा गरेको लगानीले सार्थकता पाउदै गएको बताए । आज उद्घाटन गरिएका तीन वटै परियोजनको कूल लागत करिव १६ अर्व रहेको प्राधिकरणले जनाएको छ । परियोजना निर्माणपछि भरतपुरबाट हेटौडा र बुटवल दुवैतर्फ १-१ हजार मेगावाट बिद्धुत नियमित प्रशारण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय