जाजरकोट रुकुम भुकम्पमा परि बिचलित परिवार लाई राप्रपा केन्द्रिय उपाध्यक्ष मुकुन्द श्याम गिरिले राहत वितरण गरेका छ्न । करिब ४ लाख बराबरको राहत सामाग्री जस्तै लत्ताकपडा भाडा बर्तमन र भान्सामा आवश्यक पर्ने सम्पुर्ण बर्तन सेट र न्यानो लत्ताकपडा पीडित लाई प्रत्यक्ष घरमै पुगि वितरण गरिएको हो ।

राप्रपा केन्द्रिय उपाध्यक्ष मुकुन्द श्याम गिरि , साएक महामन्त्री सौर्यन्द्र बहादुर शाह, केन्द्रिय सदस्य जनक सिंह ठकुरी , को टिमले रुकुम र जाजरकोट गरि करिब १०० भन्दा बढी घर परिवारलाई राहत दिएका हुन । चिसो बढेसंगै भुकम्पले पुर्ण क्ष्यती गरेको स्थानमा अझै न्यनो कपडा भाडा बर्तमन आवाश को अझै समस्य रहेको छ ।

सरकारका शीर्ष नेता तथा प्रधानमन्त्री रास्ट्रपति लगाएको टिम हेलिकप्टर चढेर प्रभावित क्षेत्र निरीक्षण गरेपनी सरकार प्रति आमनागरिक असन्तुष्ट भएको बताउँछन । भुकम्प गएको करिब २ मैना बित्दापनि सरकार ले कुनैपनी पहल नगरेको र आफू पालमुनी रात काटिरहेका स्थानीय को गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय