जापानको मध्य प्रान्त इशिकावामा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २२० पुगेको छ । भूकम्पमा परेका २० जना अझै बेपत्ता छन् । भूकम्पका कारण कम्तीमा एक हजार १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
जापानको मौसम विज्ञान एजेन्सीले उत्तरी र पूर्वी जापानमा आइतबार साँझदेखि मङ्गलबारसम्म तीव्र हावाहुरी, हिमपात र उच्च छालआउने सम्भावना रहेको जनाएको छ ।






