दोलखाको जिरीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-६ स्थित ६ किलो क्षेत्रमा दुर्घटनामा परेको छ।शुक्रबार दिउँसो करिब १ बजे ब्रेक फेल भई बस सडकको साइडमा पल्टिएको भए पनि कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार बसको ब्रेक नलागेपछि दुर्घटना भएको पुष्टि भएको छ। सबै यात्रु सकुशल रहेकाले गम्भीर घटना टरेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ। यात्रु सुरक्षा सुनिश्चित गर्न बस सेवामा थप ध्यान दिनुपर्नेमा सरोकारवालाहरूको चासो बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय