काठमाडौं । रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले नवलपरासीबाट गुल्मीतर्फ जाँदै गरेको ना.८ख ३६५ नम्बरको टिपर दुर्घटना हुँदा अन्दाजी ३५ वर्षीय केशव सुनारको मृत्यु भएको जानकारी दिनुभएको हो ।

टिपर सडकदेखि दुई सय ५० मिटर तल खोलामा खसेको थियो । नवरलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिका जाँदै गरेको टिपर दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै प्रहरी चौकी हार्थोक र अर्गलीबाट प्रहरी घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय