काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक पारित हुँदै गर्दा खुशी व्यक्त गर्नुभएको छ । सर्वसम्मतिबाट समितिबाट पारित भएको टीआरसी प्रतिनिधि सभाबाट ‘फास्ट ट्रयाक’बाट पारित गरिँदै छ ।

टीआरसीमाथि संसदमा छलफल हुनुअघि आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले यसप्रति खुशी व्यक्त गर्नुभएको हो । उहाँले ढिलै भएपनि मौलिक हिसाबले द्वन्द्वलाई शान्तिप्रक्रिया हुँदै अन्तिम किस्ताको व्यवस्थापनका काम पनि निष्कर्ष उन्मुख रहेको बताउनु भयो ।

विभिन्न ठाउँमा गाँठो परेकाले केही ढिलाई भएको भएपनि अहिले गाँठो फुकिसकेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय