काठमाडौं । सरकारले डेंङ्गुको महामारी फैलिन नदिन देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबार देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट यो निर्णय भएको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।



स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशका केही जिल्लामा डेंगुको प्रकोप बढिरहेकाले यसलाई तत्कालै रोकथाम गर्न सरकारले देशव्यापीरूपमा ‘लामखुट्टे खोजी र नष्ट’ अभियान थालेको जानकारी दिनुभयो ।



