तिहारमा भाइटिकाको दिन, दिदिबहिनीले दाजुभाइलाई ढाका टोपी लगाइदिने चलनले पछिल्लो समय पनि निरन्तरता पाएको छ । जसका कारण ढाकाको टोपीको बजारले पनि स्थान पाएको छ । भाइटिकामा दिदि बहिनीले दाजुभाइलाई ढाकाटोपी लगाइदिँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने जनविश्वास रहि आएको छ ।
तिहारमा भाइटिकाको दिन, दिदिबहिनीले दाजुभाईलाई ढाका टोपी लगाइदिने चलनले पछिल्लो समय पनि निरन्तरता पाएको छ । जसको कारण तिहारमा ढाकाटोपीको व्यापार उत्साहजनक हुने गरेको छ । तिहार र ढाकाको टोपी पछिल्लो समय एक अर्काको पर्याय जस्तै बनेका छन् । तिहारमा दिदिबहिनीले दाजुभाइलाई दिने उपाहार मध्ये ढाकाको टोपी पनि पर्ने गरेको छ । तिहार दिदिबहिनीले दाजुभाईलाई टोपी उपाहार दिदाँ टोपीको व्यापारले पनि स्थान पाएको हो । भाइटिकामा दिदि बहिनीले दाजुभाइलाई ढाकाटोपी लगाइदिँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने जनविश्वास रहि आएको छ । सोही अनुसार हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारका रूपमा स्नेहपूर्वक ढाकाटोपी लगाइदिने प्रचलन रहँदै आएको हो ।



ढाका टोपीलाई आस्थाको प्रतीक पनि मान्ने गरिएको छ । त्यसैले विभिन्न चाडपर्व र कार्यक्रममा ढाकाटोपी लगाइने गरिन्छ । ढाका टोपी विक्रिका लागी तिहार मुख्य समय रहेको व्यापारीहरुले बताएका छन् । अन्य समयमा भन्दा तिहारको समयमा ढाका टोपि बढि बिक्रि हुने गरेको व्यापारीहरुकै भनाई छ । चाडपर्वमा ढाकाको टोपीले पनि स्थान पाउँदा व्यापारीहरु पनि उत्साहित हुने गरेका छन् ।
तिहारको समयमा व्यापारीहरुले दैनिक रुपमा सय देखि १ सय ५० वटा सम्म ढाका टोपी विक्रि गर्दै आइरहेका छन् । बजारमा मेसिनबाट उत्पादन भएका टोपीको मूल्य भने १ सय देखि ५ सय रुपैया सम्म रहेको छ । त्यसैगरि हातबाट उनेका पाल्पाली ढाका टोपीको मूल्य भने १ हजार देखि ५ हजार रुपैया सम्म रहेको छ ।



