काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलको भ्रमण नगर्न नागरिकलाई आग्रह गर्नुभएको छ ।
सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री साउदले राजनीतिक तहमा आधिकारिक निर्णयभन्दा बाहेक व्यक्तिगत वा पार्टीगत भ्रमण नगर्न आग्रह गर्नुभएको हो । बैठकमा इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी गराउँदै साउदले दुःखद् घटनाको संवेदनशीलताको समयमा राजनीतिक जोड घटाउमा नलाग्न आग्रह गर्नुभयो ।



इजरायलमा रहेका नेपालीहरूको समस्यालाई सम्बोधन गर्न सरकार पूर्णरुपमा प्रतिवद्ध र गम्भीर रहेको भन्दै असान्दर्भिक र असंवेदनशील सामग्रीहरू सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सबैलाई आह्वान गर्नुभयो ।



