नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यस वर्ष पनि रासायनिक मल भित्रिन शुरु भएको छ । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट पछिल्लो सातादेखि करिव ३५ हजार टन रासायनिक मल भित्रिएको छ । केही समय अघि नै आउनुपर्ने मल कोभिडका कारणले ढिला आएको हो ।
भन्सारमा रासायनिक मल ७ हजार १ सय टन मल राख्नसक्ने क्षमता रहेकाले त्यही अनुसार मल भित्रिइरहेको छ । तातोपानी नाका हुँदै थप ७ हजार १ सय टन रासायनिक मल ल्याउने तयारी भैरहेको छ । सडक मार्ग राम्रो भएको खण्डमा नेपालमा आवश्यक पर्ने ५० प्रतिशत मल चीनबाट ल्याउन सकिने व्यापारीहरु बताउछन । भर्खरै खुलेको तातोपानी नाकामार्फत हुने आयात एकदमै कम रहेको छ ।



चालु आर्थिक वर्षमा ४ अर्ब ६२ करोड राजश्व संकलन गर्ने लक्ष्य भएपनि हालसम्म २ अर्ब ५४ करोड अर्थात ४५ प्रतिशत मात्रै राजश्व संकलन हुन सकेकोे छ । उत्तरी नाकाबाट पनि रासायनिक मल भित्र्याएकाले यो वर्ष कृषकहरुले समयमै मल प्रयोग गर्न पाउने आंकलन गरिएको छ ।



