काठमाडौं । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट मंगलबार बिहान ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खस्दा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको हो । सोही दुर्घटनामा परी उनीहरुको घटनास्थलमै मृत्यु भएको उद्धारमा संलग्न प्रहरीले बताएका छन् ।

६ जनालाई भने उद्धार गरेर उपचारका लागि अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनाको थप विवरण आउन भने बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय