पाँचथर । ४ हजार ३ सय ३५ मिटर उचाईमा रहेको तिम्बुपोखरी क्षेत्रमा पहिलो पटक तिम्बुङ ट्रेल रन आयोजना भयो । यो क्षेत्रका चौरीपालक, नजिकका गाउँका बासिन्दालाई पनि नौलो लाग्यो ।

हिमाली क्षेत्रमा भएको यो प्रतियोगितामा सहभागी हुन चौरी पालक, स्थानीय र विभिन्न क्षेत्रबाट धावन तिम्बुङ पोखरी पुगेका थिए । तिम्बुङ क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको प्रतियोगिता भएकाले आयोजकले विभिन्न ठाउँबाट पर्यटनकर्मी, सञ्चारकर्मी, सरकारी निकायका प्रतिनिधि तिम्बुङ क्षेत्र पुर्याएको थियो । प्रतियोगिताको दिन तिम्बुङ दर्शनगर्नेको संख्या पनि उलेख्य थियो ।




३० जना धावकले तिम्बुङबाट दौडिए । ७ दशमलव ८ किलोमीटर तलसम्म दौडिदा पाँचथरको फिदिम नगरपालिका–१४ का विशाल राईले प्रथम स्थान हासिल गरे । उनले ३३ मिनेट २१ सेकेण्डमा यो दुरी पार गरे । उनलाई पछ्याएका छिमेकी भारतको सिक्किमका पिङ्सो नाम्ग्याल भुटियाले ३६ मिनेट ७ सकेण्डमा द्वीतिय स्थान हासिल गरे । थोरैलेमात्र सकेण्डलेमात्र भरत बानिँयाले तेश्रो स्थान हासिल गरे । ३७ सकेण्डमा यो दुरी पार गरेका थिए ।

प्रतियोगितामा प्रथम, द्वीतिय र तृतियले क्रमशः ३० हजार, २० हजार १० हजार रुपैँया नगदसहित ट्रफि प्रदान गरिएको थियो ।



