काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नं. १५, तीनथानास्थित विष्णुदेवी मन्दिर परिसरमा आज आइतबार विशेष धार्मिक अनुष्ठान सञ्चालन हुने भएको छ। श्री विष्णुदेवी मन्दिर परिवार एवम् जेष्ठ नागरिक दिवा सेवा केन्द्रको संयुक्त आयोजनामा जारी ‘चतुर्मास भागवत कथा’ अन्तर्गत आज (भाद्र ७ गते) दिउँसो १२:३० बजेदेखि विशेष कार्यक्रम हुन लागेको हो।
आजको कथा वाचन तथा धार्मिक अनुष्ठानमा विशेष अतिथि वक्ताको रूपमा ख्यातिप्राप्त धार्मिक अभियन्ता डा. चिन्तामणि नाथ योगीको विशेष उपस्थिति रहनेछ। डा. योगीको ओजस्वी प्रवचन र धार्मिक प्रस्तुतिले अनुष्ठानलाई थप गरिमामय बनाउने आयोजकको भनाइ छ।



श्री विष्णुदेवी मन्दिर परिवार तथा जेष्ठ नागरिक दिवा सेवा केन्द्रले संयुक्त रूपमा सम्पूर्ण क्षेत्रका धर्मावलम्बी एवम् भक्तजनहरूलाई समयमै उपस्थित भई कथा श्रवण तथा धार्मिक पुण्य लाभ लिनका लागि हार्दिक निमन्त्रणा र अनुरोध गरेका छन्।



