त्रिकोणात्मक टी–२० शृंखलाको फाइनलमा नेपाल पराजित भएको छ । आज हङकङमा भएको फाइनलमा नेपाललाई ८६ रनले हराउँदै पीएनजीले उपाधि जितेको हो ।पिएनजीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १७ औं ओभरमा मात्र ८५ रनमा अलआउट भयो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन जोड्दा १६ रन अतिरिक्त पाएको थियो ।

रोहित पौडेल १२, आरिफ शेख १५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । विनोद भण्डारीलाई इनिङको तेस्रो बलमै ४ रनमा गुमाएको नेपालका लागि तेस्रो ओभरमा कुशल भुर्तेल आउट भएका थिए । पिएनजीका लागि कबु मोरिया, सेमो कामिआ, चाड सोपर र सेसे बाउले २–२ विकेट लिए ।

अलि नाओले १ विकेट लिए । पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन जोडेको थियो । पीएनजीका लागि टोनी उराले सर्वाधिक ६१ रन जोडे । अलेइ नाओले ३० रनको योगदान गरे । हिला भारेले १८ रन तथा हिरि हिरिले १५ रन बनाए । नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान ३–३ तथा करण केसी र गुल्सन झाले १–१ विकेट हात पारे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय