काठमाडौं । थानकोटमा सिन्दुर जात्रा सम्पन्न भएको छ ।

थानकोटको प्राचिनतम जात्रा मध्ये यो जात्रा बस्तिमाझमा रहेको आराध्यदेवी महालक्ष्मीको मन्दिर परिषरमा उल्लासमयका साथ सिन्दुर जात्रा गरी मनाईएको छ । यो जात्रामा महालक्ष्मी र गणेशलाई छुट्टाछुट्टै खटमा राखि नचाइने गरिन्छ ।

कार्तिक मंसिरमा खेतबाट धानबाली भित्र्याइ सकेपछि वर्ष दिनसम्म भोगेको दुःख सुख, वर्षा जाडो, हिलो हुरी सबै बिर्सिएर थानकोटबासीहरू जात्रामा रमाउने गर्दछन् । ‘थानकोटे जात्रा’ नामले चर्चित यो सिन्दुर जात्रालाई महालक्ष्मी जात्रा पनि भन्ने गरिन्छ । साथै यो जात्रा महालक्ष्मीको मात्र नभई नारायण, गणेश र भैरवको सामुहिक पूजा गरिन्छ । जात्रा प्रत्येक वर्ष कार्तिक शुक्ल पक्षको चतुर्दशी अर्थात् बैकुण्ठ चतुर्दशीको दिनदेखि शुरू भई मंसिर कृष्णपक्षको प्रतिपदाको दिनमा सम्पन्न हुने गर्दछ । जात्रा हेर्न हजारौंको संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो ।

जात्रामा थानकोटबासी र उहाँहरुका पाहुनाहरूको उल्लेखनीय उपस्थिति रहने गर्दछ । जात्रा हेर्न र भोज खान आफन्तजनलाई निम्त्याउने प्रथा पहिले देखि नै चल्दै आएको छ । प्राचीनकालदेखि नै यो जात्रा संचालन हुँदै आएको बुढापाकाको भनाई छ । यो जात्रा कहिलेदेखि सुरू भयो भनि एकीन छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय