काठमाडौं । दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गएराति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् ।

दमकबाट मोरङको टाँडीतर्फ जाँदै गरेको बा.२ख १९८३ नम्बरको याुत्र बस दुर्घटना भएको हो । बसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य २० जना उपचारपछि घर फर्केको
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

३९ वर्षीय बस चालक भक्तबहादुर दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय