काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्सँग छलफल गर्नुभएको छ ।

नयाँ सरकार गठनका लागि आवश्यक प्रक्रियाबारे परामर्श लिन संविधानविद्लाई राष्ट्रपतिले बोलाउनु भएको हो । संविधानको धारा ७६(२) वा (३) कुन धारा प्रयोग गरेर सरकार गठन गर्ने भन्ने विषयमा दल तथा कानुनविद्का फरकफरक धारणा आइरहेका छन् ।

सोही विषयमा जानकारी लिन राष्ट्रपतिले कानुनविद्सँग छलफल गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय