काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् । कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा भने कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन् । दाहालले आफ्नो योगदानअनुसार राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार भएको बताए ।उनले पार्टीभन्दा अलग भएर भूमिका निर्वाह गर्ने बताए । उनलाइ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भएका कारण माओबादी केन्द्रले उमेद्वार बनाएको भन्दै आलोचना भएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफू २०३६ सालदेखि पार्टीमा लागेको र अहिले दाजुभाइको नातापाता पर्ने भएकाले हुन्न भन्ने हो भने म युद्धमा हिंड्दा दाइ हिंडेको छ, तँ हिंड्न हुन्न भन्नुपथ्र्योे नि ! त्यसैले यसमा धेरै भन्नु छैन भन्ने प्रतिक्रिया दिए । सत्ता गठबन्धनको सहज बहुमत भएकाले दाहाल आफ्नो जितप्रति ढुक्क देखिएका छन् ।



कांग्रेस उम्मेदवार शर्माले भने लोकतन्त्रमा कसैको हार वा जित नहुने प्रतिक्रिया दिएका छन् । फागुन २९ गते मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा निर्वाचन हुनेछ ।



