खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत ४६ जना कर्मचारीलाई हटाएको छ ।

अघिल्लो स्थानीय सरकारले नियुक्त गरेका कर्मचारीको अभिलेखसम्म नभएकापछि उनीहरुलाई हटाउने निर्णय कार्यपालिका बैठकले गरेको हो । निर्णय भएसँगै करारमा कार्यरत सबै कर्मचारीलाई हटाएको गाउँपालिकाले जनाएको छ । सात वटा वडा रहेको उक्त गाउँपालिकामा ६४ कर्मचारीको दरबन्दी रहेको छ । जसमा १८ जना स्थायी कर्मचारी रहेका छन् भने बाँकी सबै करारमा नियुक्त गरिएको थियो । गाउँपालिकामा आवश्यक दरबन्दीअनुसारको कर्मचारी माग गरिएको छ ।

अधिकांश शाखामा करारका कर्मचारीमार्फत सेवा हुँदै आएको उक्त गाउँपालिकामा एकैसाथ कर्मचारी हटाउँदा सेवा प्रवाहमा समस्या हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय