काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लागेको आरोप पुष्टि गर्न सांसदहरुलाई चुनौती दिएका छन् ।

विद्युतीय सवारी साधनको भन्सार जाँचपास सम्बन्धमा हालै उठेका प्रश्‍नउपर छलफल गर्न विहीबार विहान बसेको सार्वजनिक लेखा समितिको बैठकमा मन्त्री वाग्लेले विद्युतीय गाडीमा सूचना चुहावट गरेको आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।

वाग्लेले दुई अर्बको आशंका गरेर लाल्छना लगाउनेलाई दुई रुपैयाँ पनि बेइमानी गरेको देखाउन चुनौती दिँदै सार्वजनिक जीवन नै त्याग्ने चुनौती दिएका हुन् ।

वाग्लेले संसदलाई जानकारी गराएरै अर्थ विधेयकमा भएका त्रुटि संशोधन गरिएको पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय