नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम जम्मा नगर्ने सेवा प्रदायकको नाममा सूचना प्रकाशन गरेको छ । पटकपटक ताकेता गर्दा पनि बक्यौता नतिरेको भन्दै प्राधिकरणले आज ४७ सेवा प्रदायकका नाममा सूचना जारी गरेको हो ।

सेवा प्रदायकले कूल आम्दानीको ४ प्रतिशतले हुन आउने रोयल्टी र दुई प्रतिशतले हुन आउने ग्रामीण दूरसञ्चार विकास कोष वापतको रकम वित्तीय विवरणसहित २०७९ पुष मसान्तभित्र दाखिला गर्नु पर्ने थियो। तर प्राधिकरणबाट पटक पटक ताकेता गर्दासमेत हालसम्म दाखिला नगरेको र बुझाउनु पर्ने बक्यौता रकम यही साउन मसान्त भित्रमा थप दस्तुरसहित पेश गर्न सूचनामा भनिएको छ । निर्धारित समय भित्र रकम दाखिला नगरेमा नियमानुसार हदैसम्मको कारबाही अगाडि बढाउने प्राधिकरणले चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय