काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई उक्त अवधि हिरासतमा राख्न स्वीकृति दिएका हुन्। प्रसाईंलाई सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ ।

यसअघि पनि प्रसाईं विभिन्न मितिमा पक्राउ परेर हाजिर जमानीमा छुट्दै आएका थिए। उनी माघ २३ गते दक्षिणकाली क्षेत्रबाट पक्राउ परेका थिए भने २५ माघमा रिहा भएका थिए । त्यसअघि माघ ५ गते पोखराबाट समेत उनलाई नियन्त्रणमा लिइएको थियो ।

प्रहरीका अनुसार निर्वाचन आयोगले आचारसंहिता उल्लंघन तथा सार्वजनिक शान्ति सुरक्षासम्बन्धी विषयमा अनुसन्धान गर्न पत्राचार गरेपछि उनलाई पक्राउ गरिएको हो । प्रसाईंमाथि निर्वाचन प्रक्रिया प्रभावित पार्ने खालका अभिव्यक्ति दिएको आरोप लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय