काठमाडौं । काठमाडौंसहित देशभरका विभिन्न ठाउँमा वर्षा भइरहेको छ ।
बागमती, मधेश, कोशी, गण्डकी र लुम्बिनीका अधिकांश स्थानमा मध्यम देखि हल्का वर्षा भइरहेको छ ।



दिउँसो देशका केही स्थानमा मेघगर्जन–चट्याङ र हावाहुरी चल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



