धान उत्पादन बढी भएकै वर्ष चामलको मूल्य अचाक्ली बढेपछि उपभोक्ता मारमा परेका छन । दुई महिनामै २५ किलोको जिरा मसिनो चामल प्रतिबोरा २ सय ५० रुपैयाँले बढेको हो । जिरा मसिनो चामलको मूल्य २ हजार ५० रुपैयाँबाट बढेर २३ देखि २४ सय रुपैयाँ पुगेको हो ।

भारतले २० प्रतिशत निर्यात शुल्क लगाएको बहानामा व्यापारीहरुले मूल्यबृद्धि गरेका हुन । भारतले निर्यातमा शुल्क लगाएपछि नेपालका उद्योगीले भारतकै मूल्यमा बिक्री गरिरहेका हुन । धान उत्पादन हुने सिजनमा बोरामा २ सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँ सस्तो हुनुपर्नेमा यो बर्ष उल्टो भाउ बढेको उपभोक्ताको भनाइ छ । यो बर्ष धान उत्पादन ४.३३ प्रतिशतले बढेको छ । ०७९-८० मा ५४ लाख ८६ हजार ४ सय ७२ टन उत्पादन भएको धान ०८०-८१ मा ५७ लाख २४ हजार २ सय ३४ टन पुगेको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय