काठमाडौँ । काठमाडौँ । धार्मिक अगुवाहरूले मुलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन् । गृह मन्त्रालयमा विभिन्न धर्मसँग सम्बन्धित अगुवा संस्थाका प्रमुखको बैठकपछि संयुक्त अपिल जारी गरिएको हो । अपिलमा नेपाल एक सार्वभौमसत्ता सम्पन्न बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त देश भएको र कुनै पनि धर्म, सम्प्रदाय, जाति, क्षेत्र एवं लिंगको आपसी सम्मान अभिबृद्धि गर्नु, आपसी सद्भाव कायम गर्नु धार्मिक संस्कार रहेको उल्लेख छ । धार्मिक अगुवासँगको छलफलमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको एकता र सार्वभौमिकताका लागि धार्मिक एवम् सामुदायिक एकता अपरिहार्य भएको र अगुवाहरूको पहलले समुदायमा सचेतता फैलिने विश्वास व्यक्त गर्नुभयो । असंवैधानिक तथा गैरकानुनी क्रियाकलापमा सहभागी नहुन र धार्मिक, सामाजिक एवं सांस्कृतिक सद्भाव प्रवर्द्धनमा क्रियाशील रहन धार्मिक अगुवाहरूले आह्वान गरेका छन् । फरक धर्म सम्प्रदायको आस्था, व्यवहार, संस्कार र प्रचलनमा आघात पुर्याउने गतिविधि देखा परेको भन्दै उनीहरूले चिन्ता समेत व्यक्त गरेका छन् ।

विभिन्न धर्मसँग सम्बन्धित २ दर्जन अगुवा संस्थाहरुले संयुक्त अपिल जारी गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय