सर्लाही । धार्मिक सद्भाव बिगार्ने कार्य कुनैपनि हालतमा स्वीकार्य नहुने :गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएकाछन् । नेपाल बहुधार्मिक, बहुसंस्कृतिक बहुभाषिक देश हो, यो देशमा कसैले सामाजिक सदभाव बिगारेर राष्ट्रिय एकता अखण्डता बिगार्ने काम गरे कुनै पनि हालतमा सहनीय नहुने गृहमन्त्री श्रेष्ठले चेतावनी दिए। निर्माण कार्य प्रारम्भ भएको ८ वर्षपछी सर्लाहीमा कारागारको नवनिर्मित भवन उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले यो कुरा बताएकाहुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भवनको उद्घाटन गर्दै सर्लाहीका कैदीबनदी अब सर्लाहीमै रहने छ । कारागार नहुदा कैदीबन्दी राखन ठुलो समस्या हुँदै आएको थियो । कारागार उदघाटन भएपछि धेरै हदसम्म समस्या समाधान हुने गृहमन्त्री श्रेष्ठले बताए।

२०७२ सालबाट शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले कारागार भवन निर्माणको कार्य प्रारम्भ गरेको थियो ।आयोजनाले तीन चरणमा कारागार भवनको निर्माण कार्य सम्पन्न गरेको छ । पहिलो चरणमा ४ वटा बुजी घर (सेन्ट्री पोस्ट) र सेक्युरिटी वालको काम सम्पन्न गरेको थियो ।

त्यस्तै दोस्रो चरणमा मुख्य संरचना अन्तर्गत सुरक्षाकर्मीको लागि ब्यारेक ब्लक, महिला र पुरुष कारागार ब्लक, महिला र पुरुषका लागी छुट्टाछुट्टै भेटघाट कक्ष, गार्ड हाउस, कैदीका लागि क्यान्टिन ब्लक, आर्थिक क्रियाकलापको लागि पसल, कारागारभित्र हस्तकलाको सामग्री उत्पादनको लागि वर्कशप एरिया, महादेव मन्दिर, शौचालय ब्लक, गोलघरल निर्माणगायतका कार्य सम्पन्न भएको थियो ।

त्यसैगरी तेस्रो चरणअन्तर्गत चालु आर्थिक वर्षमा कारागारलाई तत्काल संचालनमा ल्याउन आवश्यक तीन वटा ट्युबवेल जडान, चार वटा बुजी घर जाने पहुँच बाटो ढलान, पुरानो प्रशासनिक भवनको मर्मत तथा रंगरोगन तथा फिनिसिङ्ग कार्य गरिएको छ ।

कुल लागत ४ करोड ४५ लाख २७ हजार ६ सय ८७ रुपैयामा निर्माण भएको कारागार भवनमा पुरुष १ सय ६० र महिला ५० जना गरि जम्मा २ सय १० जना कैदीबन्दी राख्ने क्षमता रहेको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यालय इकाइ जनकपुरका प्रमुख प्रदीप खनालले जानकारी दिए । कारागार उदघाटन कार्यक्रमको बिशिस्ट अतिथि खानेपानी मन्त्री महेन्द्र प्रसाद यादव रहेका थिए भने कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय