काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिनु हुनेभएको छ । शीतल निवासमा आज अपरान्ह ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई सपथग्रहण गराउने कार्यक्रम रहेको छ ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो । संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय