नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गबाट नालामा खसेको प्रहरीले जनाएको छ। बसमा चालकसहित १८ जना सवार थिए।
दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएका र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। बाँकी पाँच मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।



घाइतेलाई प्रहरीले उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको छ। घाइतेमध्ये गोरखा, अछाम, बर्दिया, बाजुरा, बाँके, ललितपुर र सल्यानका यात्रु रहेका छन्।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



